लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी

आजभोलि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ । उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील छन् । लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् ।

  • २६ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !