खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी

आजभोलि

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा ९एमाले० का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उनको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

उक्त घटनामा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ ।

कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ । यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।

  • २६ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !