भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

आजभोलि

काठमाडौं । जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ ।

सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत दुई ७४ विद्यालयमा सात सय ६० भवन, दुई हजार २०३ कोठा, एक सय १६ प्रयोगशाला, एक सय ८४ पुस्तकालय र एक सय ३३ कम्प्युटर कक्ष निर्माण भएको छ ।

यसैगरी दुई सय १४ वटा बालविकास कक्ष, १७ वटा बहुउपयोगी हल, ९२ वटा प्रशासनिक कोठा, ५५ वटा भान्सा कोठा, ६५ वटा भण्डारण कक्ष, ६९२ वटा छात्र तथा आठ ३१ वटा छात्रा शौचालय निर्माण भएको आयोजनाले जनाएको छ ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !