शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

आजभोलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारी संलग्नता देखिएको सो घटना आर्थिक अनियमिता, मानव तस्करी र राष्ट्रघातीसमेत भएको ठहर गरेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

छानबिनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसन्धानलाई नाजायज प्रभाव पार्ने गतिविधि हुनसक्ने भएकाले त्यसप्रति सरकारलाई सजग हुन आग्रह गर्दै बैठकले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा प्रभावकारी कानुनी तथा प्रशासनिक कारबाही नहुँदा लोकतन्त्र र न्याय कमजोर हुने निष्कर्ष निकालेको छ ।

विगतमा यस्ता दबाइएका अन्य घटनामा पनि यसैगरी छानबिन अगाडि बढाउन माग गर्दै बैठकले कुनै पनि शक्तिले पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नदिन सबै दोषीमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएको छ ।

बैठकले राजनीतिक दल, सामाजिक सङ्घ संस्था तथा सञ्चारमाध्यमलाई समेत यसको अनुसन्धान र कारबाही प्रक्रियालाई निष्पक्ष अनुसन्धान र पारदर्शी कानुनी कारबाहीका लागि आवश्यक दबाब सिर्जना गर्नका साथै सो काण्डविरुद्ध उभिन पार्टी पङ्ति तथा जनसंगठनलाई आह्वान गरेको छ ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !