गर्मीमा कस्ता समस्या देखिन्छन् ?

आजभोलि

काठमाडौंं । गर्मीमा हाम्रो शरीरले विभिन्न समस्याको सामना गरिरहेको हुन्छ । चर्को घामले शरीर आलश्य हुनुका साथै कमजोर पनि बनाउँछ । अझ कामको सिलसिलामा घरबाट बाहिर निस्कनु पर्ने व्यक्तिलाई घामबाट बच्न गाह्रो पर्छ ।

कडा घामले शरीरको बाहिरी अंगलाई मात्र नभई भित्री अंगलाई पनि हानि पु-याउँछ । गर्मीमा अधिक देखिने समस्यामध्ये डिहाइड्रेसन एक हो । यसले शरीरमा पानीको मात्रालाई कम गर्छ र शरीर शिथिल बनाइदिन्छ । गर्मीमा यसबाट बच्न प्रशस्त्र पानी पिउनुपर्छ ।

यस्तै, गर्मीमा धेरै देखिने अर्को समस्या चक्कर लाग्नु हो । चर्को घामका कारण व्यक्तिलाई चक्कर लाग्ने हुन्छ । नाकबाट रगत बग्ने समस्या पनि गर्मीमा बढेर जान्छ । यो एक प्रकारको रगतको विकार हो, जुन प्रायः गर्मीको समयमा देखिन्छ ।

र्मीमा तातो र सुख्खा हावा चल्ने हुँदा नाकबाट रगत बग्छ । यसबाहेक चर्को घाममा लामो समय बस्दा पनि नाकबाट रगत बग्ने समस्या हुन्छ ।

गर्मीमा छालासम्बन्धी समस्या पनि अत्यधिक निम्तिने गर्छ । धेरै बेर घामको प्रत्यक्ष सम्पर्कमा हुँदा छालाको क्यान्सर हुने जोखिम गर्मीमा उच्च हुन्छ । एजेन्सी

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !