अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

आजभोलि

काठमाडौँ । अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता संयोजक राजु क्षेत्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगिताको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आइरहेको प्रतियोगिता संयोजक क्षेत्रीले बताए ।

उनका अनुसार पोर्टल्यान्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको छ ।

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आइओएफटिसी झन्डा हस्तान्तरण गरेको थियो ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान, अस्ट्रिया, भारत, हङकङ, चीन, मेक्सिकोलगायतका देशको सहभागिता रहने छ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !