बझाङको चैनपुरमा निकास विनाको विकासः नहर मासेर रोड,रोडभरि पानी (भिडियोसहित)

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । जिल्लाको सदरमुकाम चैनपुर क्षेत्रमा नाली थुनिदा सडकमा नालीको फोहोर पानी बग्ने गरेको छ । जिल्ला सदरमुकाम क्षेत्रमा सडक आफैमा साघुरो छ त्यसैमा पानी सडकमा नै बग्दा हिडडुल गर्न समस्या हुने गरेको छ ।

पटक–पटक नाली सफा गरीने भएपनि बजेट मात्रै सक्ने काम भएको तर ढल निकासको व्यवस्थापन हुन नसकेको स्थानीय मनोज सिंहले बताए ।

थुनिएको नालीको निकास नहुँदा सडकमा नालीको पानी बग्दा बाटोमा हिड्दा हाम फालेर हिड्नुपर्ने र बिद्यालय जाने बालबालिकालाइ झनै समस्या हुने गरेको छ ।

जिल्ला समन्यय समितिको कार्यालयदेखी जिल्ला सदरमुकामका विभिन्न स्थानहरुमा नाली थुनिएपछि सडक र बाटो भत्किदै गएको छ ।

जयपृथ्वी नगरपालिकाले केही दिन अघिमात्रै सदरमुकाम चैनपुरको नाली सफा गरेको भएपनि पछिल्लो समय दैनिकजसो नाली थुनिदा फोहोर पानी सडक भएर बग्ने भएका कारण चैनपुर दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।

No description available.

जिल्लामा रहेका सवै सरकारी कार्यालय र राजनितीक दलका नेता कार्यकर्ताहरुको दैनिक हिड्ने बाटो भएपनि कसैको ध्यान जान सकेको छैन्। अझ जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधीहरु दैनिकरुपमा यही बजार क्षेत्रबाट आउने जाने भएपनि नहरको उचित व्यवस्थापनका लागी कसैको ध्यान नगएको स्थानीयहरुले आरोप लगाएका छन् ।

भिडियाे हेर्नुस्

 

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !