नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

आजभोलि

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष बडालले भने, “वर्तमान सरकारले गरेको राम्रा कामका लागि ‘स्यालुट’ र साथ हुन्छ, तर आग्रह वा पूर्वाग्रह राखेर निर्दोष फस्ने दोषी उम्कने हुनु हुँदैन ।”

सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति सबैले साथ दिनुपर्नेमा जोड दिए । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत ‘इन्ट्रेस्ट’ र दबाबमा नपरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले नक्कली भूटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले जनपक्षीय काममा आफू र आफ्नो सङ्गठन सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !