कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल

आजभोलि

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताएका छन् । दिगो विकास तथा सुशासन समितिले आज आयोजना गरेको कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनसकेको छैन । यान्त्रिकरणसँगै यसको प्रवद्र्धन गर्नका लागि आउने दिनमा पहल गर्नुपर्छ’, उनले भने । किसानको पाँच लाख मेट्रिक टन रासायनिक मलको आवश्यकतालाई अन्तर्राष्ट्रिय बजारमा समयसापेक्ष मूल्य परिवर्तन हुनाले रकमका आधारमा नभई परिमाणको आधारमा समयममै बजेट सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिए ।

मन्त्री भुसालले ‘नेपालमा मल कारखाना खोल्न सम्भव छ÷छैन’ भनी अनुसन्धान गर्न अध्ययन अनुमति दिने निर्णय गरेको बताउँदै मलको समस्या राष्ट्रिय विकास समस्या समाधान समितिमा समावेश गरी स्वीकार गरिएको जानकारी दिए । जसमा मल समस्यामा बाधा पुर्याएका नीतिलाई सरलीकरण गर्ने र ‘जीटुजी’मा जाँदा मल आपूर्तिमा सहज हुने दुई ठोस निर्णय भएको उनले बताए।

त्यस्तै कृषि सचिव डा गोविन्दप्रसाद शर्माले अघिल्लो वर्षमा समयमै बजेट विनियोजन नहुनु मुख्य समस्या रहेता पनि यस वर्ष बजेट सुनिश्चित रहेको बताए । जिल्लास्तरमा बीउ उत्पादन कार्यक्रमले जिल्लाको माग धान्न सक्ने रहेको अवस्थामा पछिल्लो पाँच वर्षयता बीउबिजन उपलब्धताको अवस्था खस्किँदै गएकाले यसको प्रवद्र्धन गर्न जरुरी रहेको सचिव शर्माको भनाइ छ

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !