विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

आजभोलि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताएका छन् ।

गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका उनले भने, “विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।” उनले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पारे ।

उनले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराए । “भएका निर्णय ठीक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआवोस्”, बैठकमा उनले भने ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले विपद्लाई समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयले गर्ने तयारीमा कुनै कमी हुन नदिने पनि प्रतिबद्धता जनाए ।

आगलागी तथा वन डढेलोले मानव, वन्यजन्तु तथा वातारणमा ठूलो असर गरिरहेकाले आगो लगाउनेलाई कडा कारबाही गर्न र उपभोक्ता समितिलाई थप सक्रिय बनाउनुपर्ने उनले आवश्यकता औँल्याए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विपदको पूर्व सूचना प्रणाली र पुर्वानुमानलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए । उनले विपद् जोखिम न्युवस्थापनका लागि पूर्व तयारी नै महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै आवश्यक बन्दोवस्तीमा चुस्त र पारदर्शी बनाउन पनि आग्रह गरे ।

मुख्य सचिव शंकरदास बैरागीले विपद व्यवस्थापन कार्ययोजनालाई विस्तृतरुपमा तयार प्पारेर अघि बढ्न्पर्नेमा जोड दिए । विपद् व्यवस्थापन विज्ञ गङ्गालाल तुलाधरले विपद्बाट प्रभावितहरुका लागि तत्काल राहत दिने व्यवस्था मिलाउन जरुरी छ भने ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !