कर्णाली सरकारले जलवायु परिवर्तनको असर कम गर्न अभियान चलाउने

आजभोलि

सुर्खेतरभेरीगंगा । कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न अभियान सञ्चालन गर्ने भएको छ ।

यो अभियानलाई देशव्यापी बनाउने गरी कर्णालीबाट प्रमुख मुद्दा बनाउने योजनामा प्रदेश सरकार छ । पछिल्लो समय हिमालमा हिउँ पर्न छोडेको, समयमा वर्षा नहुने र त्यसको असर कृषि, खाद्यलगायत क्षेत्रमा परेर मानव अस्थित्वमा नै चुनौती थपिन थालेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी योजना निर्माण गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले जलवायु परिवर्तनको असर न्यूनीकरणका गर्न प्रदेशभर नै अभियान सञ्चालन गरिने बताए ।

त्यसका लागि विभिन्न विज्ञहरुसँग छलफल गरेर योजना निर्माण गरिने मन्त्री विसीको भनाइ छ । उनले भने, “अहिले विश्वले नै भोगिरहेको जलवायु परिवर्तनको असरबाट हामी पनि प्रभावित छौँ । यससँग रहेर पनि काम गर्नुपर्ने छ, हाम्रा हिमालमा हिउँ पर्न छोड्यो, पानीका मुहान सुक्न थाले, जलचर संकटमा छन् ।

त्यसैले यस विषयमा पनि विज्ञसँगको छलफल थालिएको छ । आगामी नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राखिनेछ ।”

सरकारले ठूलो सङ्ख्यामा वन पैदावरबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । त्यसको कार्यान्वयन भने सुरु भइसकेको छैन ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !