रसुवामा आयुर्वेद उपचार प्रभावकारी

आजभोलि

रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् ।
रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको सङ्ख्या बढ्न थालेको छ ।

विसं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ। पछिल्लो समय कार्यालय प्राङ्गणमा नियमित व्यायाम गराउन थालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गत साउनदेखि हालसम्म चार हजार दुई सय १५ महिलासहित सात हजार आठ सय नौ जनाले आयुर्वेदिक सेवा लिएका छन्। जिल्लावासीको आकर्षण बढ्न थालेकाले जङ्गलमै खेर गइरहेका जडिबुटी उपभोग सम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता बढेको स्वास्थ्यकर्मीको भनाइ थियो ।

उपचारका लागि गानुगोलालगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पाइल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइराइट, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत विरामी आउने गरेको उक्त केन्द्रका निमित्त प्रमुख डा चन्द्रवली शाहले बताए ।

उनले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने सङ्केत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन सबैलाई आग्रह गरे ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !