कृषि विज्ञ मदन राई बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कृषि विज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा युट्युबहरुमा अश्लिल अन्तरवार्ता दिएर चर्चामा आएका राईलाई प्रहरीले उनको गृहजिल्ला खोटाङबाटै पक्राउ गरेको हो ।

राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको प्रहरीकाने भनाइ रहेको छ । राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत दूराचार गर्ने गरेको आरोप लागेको छ ।

७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए ।

उनी रास्वपा संस्थापन ताका पार्टीले भदौ ११ गते खुल्लामञ्चमा आयोजना गरेको उपत्यका भेलामा अन्य वक्ताहरुसँगै कृषि विज्ञका रुपमा सहभागी भएका थिए ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !