उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

आजभोलि

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए ।

पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन् । उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !