भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?

आजभोलि

काठमाडौं । स्वस्थ शरीरलाई विभिन्न भिटामिन तथा मिनरल्सको आवश्यकता पर्छ । भिटामिनको कमीले शरीर अस्वथ हुनुका साथै रोगले पनि सताउँछ । शरीरमा चाहिने भिटामिनमध्ये भिटामिन ‘बी’ १२ पनि एक आवश्यक पर्ने भिटामिन हो ।

यसको कमीले शरीरमा शारिरीक मात्र नभई मानसिक रुपमा नै व्यक्ति अस्वस्थ हुन्छ । भिटामिन ‘बी’ १२ को कमीले स्नायु कमजोर हुन्छ भने अत्यधिक थकान र कमजोरी महशुस हुन्छ ।

यसबाहेक हात र खुट्टामा झनझन हुने धमिलो दृष्टि हुने तथा घाँटी दुख्ने वा मुखमा अल्सर हुने जस्ता समस्या देखिन्छन् । यस्तै, सास फेर्न गाह्रो हुने वा स्मरणशक्ति घट्ने, टाउको दुख्ने, खाना नरुचने समस्या पनि देखापर्छन् ।

कसरी पुरा गर्ने ?

शरीरमा भिटामिन ‘बी’ १२ को कमी पुरा गर्ने प्रमुख स्रोत माछामासु हो । माछामासुमा यो भिटामिन प्रशस्त्र पाइन्छन् । यसबाहेक अन्य डेरी उत्पादनहरुले पनि यसको कमी पुरा गर्न सकिन्छ । यसको लागि दही पनि एक राम्रो स्रोत हो । दहीमा प्रोबायोटिक र भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ ।

यसै गरी, लो फ्याट दूधले पनि भिटामिन ‘बी’ १२ को कमीलाई पुरा गर्छ । अर्को भिटामिन ‘बी’ १२ को पाइने स्रोत अण्डा हो । अण्डामा प्रोटिन र भिटामिन प्रशस्त्र पाइन्छ । जसले शरीर स्वस्थ राख्छ । खासगरी अण्डाको सेतो भागमा भन्दा पनि यसको पहेलो भाग स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । डेयरी उत्पादनहरूमा भिटामिन बी १२ को राम्रो स्रोत हो । चिज तथा पनिरको सेवन बढाएर पनि शरीरमा भिटामिन बी १२ पूरा गर्न सक्नुहन्छ । एजेन्सी

  • ८ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !