’मेयर साब‘ फिल्म निर्माण गरिँदै

आजभोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई मुख्य आधार बनाएर ’मेयर साब‘ नामक चलचित्र निमार्ण गरिने भएको छ ।

निर्देशक राजु गिरीले मेयर बालेन्द्रका कार्यमा आधारित रहेर फिल्म निर्माण गर्ने भएका हुन् । उनले मेयर भएपछि बालेन्द्रले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको घोषणा गर्दै फिल्मको लोगो समेत सार्वजनिक गरेका छन् ।

निर्देशक गरीले भने, ‘बालेन्द्रजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’। फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले जानकारी दिए ।

भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको बताइएको छ ।

विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सहनिर्माता हुन् । निर्देशक गिरीको अर्को फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

  • १० असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !