एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

आजभोलि

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अवैधरुपमा भइरहेको सुनको तस्करीलाई रोक्न वर्तमान सरकारले चालेको कदमलाई सहयोग गर्न केले रोक्यो भनेर प्रश्न गरे ।

“यसभन्दा पहिला पनि सरकार र गृह मन्त्रालयल थियो तर सुन आउनेजाने त भइरहेको रहेछ । सुनको व्यापार त भइरहेको रहेछ, तर यही सरकारले खोजेर यो प्रकरण रोक्नुपर्छ भनेर आएको विषयलाई सहयोग गर्नका लागि प्रतिपक्षलाई केले छेक्यो ?” उनले प्रश्न गरे ।

संविधान निर्माणका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग राख्नुपर्छ भन्दा कसैको विमति नभएको स्मरण गराउँदै सांसद पौडेलले संविधानमा व्यवस्था भएका यी सबै संरचनालाई पार्टी विशेषका संस्थाका रुपमा नबुझ्न आग्रह गरे ।

उनले सम्बन्धित निकायले दृढतापूर्वक छानबिन अगाडि बढाइरहेका बेला अर्को समिति बनाइनु उचित नहुने बताए । “यी संस्था संवैधानिक हिसाबले निर्णय गरेर अगाडि बढाइएका राज्यका निकाय होइनन् ?, यी निकायले काम गर्दैगर्दा अर्को छानबिन समिति बनाउँदा गरिराखेको छानबिनमाथि प्रश्न उठ्दैन ? उनले भने ।

माओवादी उच्चस्तरीय छानबिन समितिको विरोधी नभएको प्रष्ट पार्दै उहाँले छानबिनको निष्कर्ष नआउँदासम्मका निम्ति धैर्यतापूर्वक बस्न आग्रह गरे । उनले गृह प्रशासन र राज्यका अन्य निकायले गरिरहेका कामका लागि सहयोग गर्नसमेत प्रतिपक्षीसँग आग्रह गरे ।

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !