निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

आजभोलि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषद्मा पेस हुने बताएका छन् ।

अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानून मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए ।

उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए ।

मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकाले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पूँजी बजारमा सुधार आएको बताए ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताए ।

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !