राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : सभापति लामिछाने

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उनले भने, ‘यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौँ क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?’ उनले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशङ्का भए उ्नीहरू माथि पनि छानबिन गर्नुपर्ने माग गरे ।

बैठकमा उनले संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गरे । ‘हामीलाई आशङ्का छ कि केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन’, उनले भने, ‘संसद् चल्ने भनेको कुनै अमूक दलका नेताको कुरा मिल्दा र नमिल्दा हैन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुुनपर्दछ । संसद् चल्नुपर्दछ ।’

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !