बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

आजभोलि

काठमाडौैँ । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल रु ११ लाख २५ हजार बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता तथा सहसचिव भट्टराइले बताए ।

उनले भने, “बाढी पहिरोले क्षति भएका विषयमा जानकारी आउने क्रम जारी छ, अहिलेसम्म एक दर्जन राजमार्ग अवरुद्ध भएका छन्, कतिपय राजमार्ग खुलेका छन् । धेरै ठाउँमा डुबान भएको छ, कतिपय ठाउँमा अहिले पनि वर्षा जारी रहेकाले त्यहाँको थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ ।”

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !