काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डाक्टरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली डाक्टरमाथि चलाएको अपरेसनमा त्रिवि शिक्षण अस्पतालका डाक्टर डाक्टर अमित चौधरीलाई नियन्त्रणमा लिएको हो ।
अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मालाई नियन्त्रणमा लिइसकेको छ ।
अहिले पनि अपरेसन जारी रहेको छ । जसक्रममा अहिले थप दुई जना पक्राउ परेका प्रहरीको स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादव रहेका छन् ।