अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सम्मेलन सुरु

आजभोलि

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषद्को आयोजनामा आजदेखि युवा सम्मेलन सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको ‘युवाका लागि हरित दक्षताः दिगो भविष्यतर्फको यात्रा’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा युवाका लागि दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका लागि पहल, लैङ्गिक समानता, युवा उद्यमशीलता, निर्वाचनमा युवा र सुशासन गरी छवटा प्रमुख पक्षमा विषयविज्ञहरूको प्रस्तुति तथा सहभागीद्वारा अन्तक्र्रिया र गहन छलफल गरिने छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरबाट दुई सय २० जनाले सहभागिता जनाउने छन् ।

आयोजकले सम्मेलनमा सहभागिताका लागि आह्वान गरेकामा देशभरबाट एक हजार एक सय ११ जनाको आवेदन परेकामा आफ्नो स्थायी बसोबास रहेको पालिकामा सामाजिक कार्य, व्यापार–व्यवसायजन्य क्रियाकलापमा संलग्न रहेको भनी स्थानीय तहबाट सिफारिसपत्र पेस गरेका सक्रिय, ऊर्जावान तथा कम्तीमा पनि प्रवीणता तह उत्तीर्ण गरेको युवामध्ये निष्पक्ष मूल्याङ्कन गरी छनोट गरिएको हो ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !