अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

आजभोलि

लस एन्जलस । हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ । आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन् ।

काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चारवटा आपतकालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए ।

डढेलो अझै दन्किरहेकोे र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिए ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !