यस्ता छन् कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु

आजभोलि

काठमाडौँ । आज शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय भएको छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार संसदको अवरोध खुलाउने, संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकबारे छलफलको एजेण्डा तय गरिएको छ ।

यसैगरी, चालु आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन, संघीय संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका, सरकारलाई अनुरोध गर्ने विषय पनि छलफलको एजेण्डा तय गरिएको छ ।

सरकारलाई अनुरोध गर्ने विषय अन्तरगत अविरल वर्षाका कारण बढीपहिरोले गर्दा भएको धनजन क्षति, उद्दार, राहत एवं पुनर्स्थापना, पशुचौपायामा लागेको लम्पी स्किन रोगका कारण भएको क्षति, सोको रोकथाम तथा किसानहरुलाई राहत, देशका विभिन्न भागमा फैलिएको डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोग रोकथाम तथा उपचार महंगी, प्रभावकारी सेवा प्रभाव र सुशासन जस्ता विषयलाई समेटिएको छ ।

यस्तै विविध र शोक प्रस्तावहरु पनि एजेण्डामा समेटिएको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !