कैलालीमा गर्भपतनको औषधी खाँदा महिलाको मृत्यु, प्रहरी कार्यालय घेराउ

आजभोलि

काठमाडौं । धनगढीमा गर्भपतनको औषधी खाँदा एक महिलाको ज्यान गएको छ ।

महिलाको ज्यान गएपछि आफन्त र स्थानियहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । धनगढी उपमहानगरपालिकास्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको ज्यान गएको हो ।

उक्त महिला हिजो बिहीबार बिहान गर्भपतन गराउन क्लिनिक पुगेकी थिइन् । क्लिनिकले दिएको औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने एकजना फरार रहेको बताइएको छ ।

क्लिनिक सञ्चालक विरुद्ध जाहेरी दर्ता भएको र फरार रहेका अर्का एक जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !