‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

आजभोलि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् ।

मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।”

कार्यक्रममा उनले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताए । “कोही नेपाली पैसा नभएका कारण मर्दैनन् । त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ”, मन्त्री बस्नेतले भने, “स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं ।”

उनले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताए । आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गरे ।

कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका पहलका लागि तथ्यमा आधारित निर्णय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, नीतिगत सुधार र सुशासन तथा प्रशासनिक सुधारमा काम गरेको दाबी गरे ।

उनले आफ्नो एक सय दिनको कार्य अवधिमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरणको आवश्यकताअनुसार वितरण, गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०) र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण गर्न सफल भएको उल्लेख गरे ।

उनले आफ्नो पहलमा कटौती भएर आएको बजेटमा रु १० अर्ब बजेट थप गर्न सफल भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न राजनीतिक व्यक्तिको सहभागिता रहेको थियो ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !