अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा लिन्नौँ : रास्वपा

आजभोलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको अवरुद्ध समयको कुनै पनि सेवा सुविधा नलिने बताएको छ ।

रास्वपाका सांसदहरूले आज सभामुख देवराज घिमिरेलाई भेटेर प्रतिनिधिसभाको जारी बैठक नियमित गराउन आग्रह गर्दै पत्र बुझाएको हो । पत्रमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवा, सुविधा आफ्नो पार्टीले नलिने प्रतिबद्धता गरेका छन् ।

“हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरूलाई यसतर्फ सजग गराई लिनुहुन विनम्र अनुरोध गर्दछ”, पत्रमा उल्लेख छ, “राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ ।”

रास्वपाले अहिलेसम्म आफूहरूले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि अनुरोध गरेको छ । रास्वपाले सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रक्रियामा जान अस्वीकार गरेर लामो समयदेखि सदन अवरुद्ध भएको उल्लेख गरेको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !