काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको पद जोगिएको छ ।
नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साह मन्त्री बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पदमा जनमतलाई दिन लागेको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाएर सो ठाउँमा जनमतबाट साहलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
मन्त्री सुदन किरातीलाई समेत फिर्ता बोलाउने चर्चा भएपनि तत्काललाई कुनै निर्णय नगरेपछि उनको मन्त्री पद जोगिएको हो । किरातीको विषयमा भने सामान्य छलफल भएपनि उनलाई हटाउने निर्णय नभएको स्रोतले जानकारी दिएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका थिए । अब प्रधानमन्त्रीको सिफारिसको आधारमा जनमतकी साह राष्ट्रपतिबाट नियुक्त हुन्छिन् । यससँगै एक पटक सरकारबाट बाहिरिएको जनमतको फेरि सत्तामा प्रवेश निश्चित भएको छ ।