भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण

आजभोलि

काठमाडौँ । भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन् ।

निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए । मन्त्री ज्वालाले भने, “हामीले स्थलगतरुपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरुले तीव्ररुपमा काम अगाडि बढाइ रहनुभएको छ ।”

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उनले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिए । । निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता रहेको थियो ।

  • ३० श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !