सुन तस्करी प्रकरणमा हालसम्म कति जना परे पक्राउ ?

आजभोलि

काठमाडौं । सुन तस्करी प्रकरणमा आज पनि थप ४ जनालाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट साउन ३ गते ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले आज थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका ती चारैजना चिनियाँ नागरिकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ । हिजो पनि ६ जनालाई पक्राउ गरिएको थियो । योसँगै पक्राउ पर्नेको संख्या २७ जना पुगेको छ ।

अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ । यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !