कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्लाष्टिक सर्जन प्रा डा शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए ।

नेता डा भण्डारीको सर्जरीका लागि प्रा डा विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा प्रदीपराज भण्डारी, डा तिम स्प्रौल, प्रा डा शङ्करमान राई, डा किरण नकर्मी, डा विशाल कार्की, डा अनुप सुवेदी, डा प्रविण गिरी, डा प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्याण्ड थेरापिष्ट मोहनकृष्ण डङ्गोल रहेका थिए ।

सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उहाँलाई होस् आएको बताए । नेता भण्डारीलाई अहिले सघन उपचारकक्षमा राखिएको छ ।

गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !