बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा

आजभोलि

काठमाडौँ । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई आज रु दुई लाख जरिवाना गरेको हो ।

वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी अनुसन्धान भइरहेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

विभागले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोधसमेत गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन गरी नागरिक ठगिनेक्रम बढेको विभागको भनाइ छ । विभागले कानुनविपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !