संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे

आजभोलि

धुलिखेल । सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् ।

सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रिरयामामा उनले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राख्नुभयो । सभामुख घिमिरेले भने, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।”

सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उनले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताए । संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उनले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिए ।

उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेशाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिए । उनले भने, “पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।”

महासचिव डा भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताए ।

सचिवालयका सचिव डा रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताए । सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताए ।

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले ‘संसदीय पत्रकारिता अभ्यास र अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मिडिया सेन्टरलाई व्यवस्थित र लबी रिर्पोटिङको व्यवस्थामा सचिवालयको विशेष ध्यानाकर्षण गराए । काठमाडौँ उपत्यकामा रहेका राष्ट्रिय सञ्चार माध्यममा रही संसदीय समाचार सङ्कलन र सम्प्रेषणमा कार्यरत ५० जना पत्रकारको अन्तर्क्रिरयामामा सहभागिता रहेको छ ।

  • १ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !