पत्रकार वसन्तप्रताप सिंहको ‘साइपाल हिमाल’ सार्वजनिक

आजभोलि

काठमाडौं । पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल’ बजारमा सार्वजनिक गरिएको छ ।

हिजो बिहीबार नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभामा सिंहको उक्त पर्यटकीय पुस्तक लोकापर्ण गरिएको हो । पुस्तकको लोकार्पण नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संयुक्त रुपमा गरेका थिए ।

डेढ दशकदेखि पत्रकारितामा आवद्ध सिंहले बझाङमा बसेर सुदूरपश्चिम र कर्णाली क्षेत्रका सवालहरुमा कलम चलाउँदै आएका छन् । यस क्षेत्रको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखिसकेका सिंहको पुस्तकले यस पर्वतिय पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ । २२ पटक साइपाल क्षेत्रको यात्रा गरिसकेका सिंहले अहिलेसम्मको यात्राका दौरान संकलन भएका तस्विरहरुमा साइपालको जनजिवन, संस्कृती, भुदृष्य र पर्वतारोहण सम्बन्धी विभिन्न जानकारी पनि पुस्ककमा समावेश गरेका छन् ।

समुन्द्री सतहदेखि ७,०३१ मिटर उचाइमा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशमा अपी हिमालपछिको दोस्रो अग्लो हिमाल हो ।

हिमाल आरोहणमा रुची राख्ने विदेशीहरुलाई साइपाल चिनाउन लक्षित उनको पुस्तकमा साइपाल क्षेत्रको समग्र परिचय दिएको छ । साइपाल र सुदूरका हिमाल प्रति जिज्ञाशा राख्ने र जानकारी लिन चाहानेहरुका लागि यो पुस्तक संग्रहणिय छ ।

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !