गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार

आजभोलि

काठमाडौं । विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ । यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ ।

इजराइल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घन्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो ।

तर नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन् ।

सोमबार बिहान इजराइली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो ।

  • २९ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !