सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

आजभोलि

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ ।

समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

कांग्रेस नेतासमेत रहेका विकास ठाकुरले शुक्रबार हुने युएईसँगको सेमिफाइनलमा नेपाललाई जिताउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

‘आईसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत भोलि हुने सेमिफाइनल म्याचमा नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई मेरो व्यक्तिगत तर्फबाट जनही ५०/५० हजार नगद पुरस्कार दिने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख छ ।

 

शुक्रबार बिहान मुलपानीस्थित क्रिकेट मैदानमा फाइनल यात्राका लागि नेपाल र युएईबीच खेल हुँदै छ ।

  • १६ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !