सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ आज

आजभोलि

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगको मुद्धाको सुनुवाइ आज न्यायाधीश ढकालको इजलासमा हुन लागेको हो ।

२०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ । तर प्रतिवादी तर्फका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको र उनको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात पेश गर्दै सफाई पाउनुपर्ने जिकिर गरेका छन् ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !