आगलागीमा परी १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आजभोलि

काठमाडौं । पाल्पा, निस्दी गाउँपालिका–३ क्यामरुङ् बस्ने श्याम बहादुर पल्लीको घरमा शनिबार दिउँसो आगलागी हुँदा ९ महिनाकी दिप्साना पल्लीको जलेर मृत्यु भएको छ । साथै उक्त आगो फैलिएर सोही घरसँग जोडिएको गोठमा समेत आगलागी हुँदा करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, भद्रपुर नगरपालिका–८ बस्ने चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्न फलामको रड वेल्डीङ गर्ने क्रममा एसवाई प्यानलको फर्ममा शनिबार दिउँसो आगलागी हुँदा एसवाई प्यानलबाट बनेको २ वटा कोठा र फर्म जलेर करिब १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी झापा, दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ऋद्ध बस्ने भिम बहादुर घिमिरेको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा बस्ने ५६ वर्षीय राम बहादुर सार्कीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !