प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

आजभोलि

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । नेपाली महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी इन्दु वर्माको उत्कृष्ट प्रदर्शनमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो ।

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेटले हराएको थियो भने सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । एपिएफ ३ खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा छ । कोशी प्रदेशको समान ६ अङ्क भए पनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ ।

जितका लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनको योगफल बनायो । लुम्बिनीको लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । उनले ४९ बलमा २ चौकासहित २८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

एपिएफकी इन्दु वर्माले ३ विकेट लिइन् । त्यस्तै विनु बुढाले २ विकेट लिइन् भने रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले समान १÷१ विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल बनाएको थियो । एपिएफको जितमा इन्दु वर्माले सर्वाधिक ७० रनको योगदान दिइन् । उनले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिएकी हुन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।

त्यसैगरी कप्तान सीता रानामगरले ९, रोमा थापाले ३ तथा राजमति ऐरीले २ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोकाले समान एक÷एक विकेट लिइए ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !