प्युठानमा आमाछोरा मृत फेला

आजभोलि

दाङ । प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्। ३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि करिब डेस सय मिटर नजिक जङ्गलको काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको झिमरुक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेको छ । अहिले प्रहरीले स्थानीयको रोहवरमा मुचुल्का उठाउने काम भैरहेको वडा अध्यक्ष केसीले बताए । मृतक विष्णाका श्रीमान् मजदुरीका लागि भारतमा छन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !