दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते

आजभोलि

सियोल । सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

करिब दूई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान शुरू भइसकेको छ ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !