प्रम कप क्रिकेट : सुदूरपश्चिम छनोट

आजभोलि

बैतडी ।  बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी सुरूवात गरेकोे छ । आज सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

जितका लागि पाएको ९१ रनको झिनो लक्ष्यमा बझाङले १५।२ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो । बझाङका लागि अभिनाश मल्लले ४४ रनको योगदान गरे । उनी म्यान अफ द म्याचसमेत बनेका छन् । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७।५ ओभरमा ९० रनमा समेटियो । दाचुलाका लागि विपीन धामीले सर्वाधिक २८ रन बनाए । बझाङका सुशील रावल र अशोक धामीले समान ३÷३ विकेट लिए ।

पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ । दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा प्रदेश छनोट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनलमा पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।

प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए । इलिट च्याम्पियनसिपको उद्घाटन खेल यही पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच हुनेछ । खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिप खेल आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउका छन्।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !