एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा

आजभोलि

 

काठमाडौं । फोर एच नेपालले एक प्रेस वक्तव्य जारी गरी सन् २०२५ आयोजना गर्ने गरी एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा गरेको छ ।

उक्त समिटमा नेपाल सहित विश्वका कम्तिमा ३० ओटा देशहरुबाट लगभग २०० जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने पनि जनाएको छ ।

समिटमा विश्व परिवेशमा एशिया नेतृत्व, जलवायु परिवर्तनमा एशियाको भूमिका, विश्वका लागि एशियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिनेछ । साथै, नेपालको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रम समेत रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।

सम्मेलनमा सरकारका प्रतिनिधि, फोर एच संस्था, अन्तर्राष्ट्रिय संघ संस्था, दातृ निकाय, विश्वविद्यालय, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनी, अनुसन्धानकर्ता, कानुन विज्ञ, युवा उद्यमी लगायतको सहभागीता रहने पनि जनाइएको छ ।

प्रेस वक्तव्यसँग एभरेष्ट एशिया लिडरशीप समिटको लोगो समेत सार्वजानिक गरिएको छ । समिटको मिति र स्थान तथा सहभागी हुने प्रकृयाको बारेसहितको जानकारी विवरण चाडै सार्वजानिक गरिने अवस्थीले जनाए । यस प्रकारकको समिट पहिलो पटक नेपालमा हुन लागेको अवस्थीले दाबी गरेका छन् ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !