रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

आजभोलि

रुकुम । रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ ।

सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गरेका छन् । अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उनले बताए । ‘यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने रु १२ लाख कमाउँछु’, किसान खड्काले भने ।

सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६०  घारबाट एक सय ८० धार्नी मह निकालेका छन् । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ । उनले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गरेका छन् । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उनले भने ‘यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ ।’

एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।

सिस्ने –३ मा यो याममा रु ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए ।

गत वर्ष जिल्ला मा १२ सय मौरीका गोलाबाट छ सय मेट्रिक टन मात्र मह उत्पादन भएको थियो भने यस वर्ष १७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । अझै पनि किसानको मह निकाल्ने काम जारी भएको हुँदा अहिले नै यति मह उत्पादन भएको छ भनेर भन्न नसकिने उनले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भयो भने पनि रु एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने सो कार्यालयले जनाएको छ ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !