बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि

आजभोलि

कास्की । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त ग–यो । उपविजेता गलकोटलाई रु. दुई लाख प्रदान गरिएको छ ।

खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१६ अङ्कले जित्यो ।

सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो । यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अन्नपूर्ण र चापाकोटलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए । उनीहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्वय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !