प्रम कप एकदिवसीय क्रिकेट : बागमती विजयी

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले आर्मीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको हो ।

जितका लागि ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले २२ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । प्रतिश जिसी २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे । ईशान पाण्डे १२, रविन जोशीले १२, प्रतीक श्रेष्ठ ७, रित गौतमले ४ तथा ओपनर आशुतोष घिरैयाले २ रन बनाए ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र साहब आलमले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटियो । आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए भने विवेक यादवले ११ रन जोडे ।

बागमतीका सूर्य तामाङले ५ विकेट लिए भने प्रतिश जिसीले र रिजन ढकालले समान दुई÷दुई विकेट लिएका थिए । त्यस्तै, कृर्जन गुरुङले एक विकेट लिए ।

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !