आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

आजभोलि

एजेन्सी । युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ । आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए ।

आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन गर्ने कुनै खतरा नभएको पनि किएभले दावी गरेको छ । उक्त ड्रोन आक्रमणले छ वटा उर्जा उत्पादन एकाइमध्ये एउटालाई क्षति पुर्याएको र आणविक सुरक्षामा संवेदनशिलता नदेखाइएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जानकारी दिएको छ ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अन्तर्राष्ट्रिय समुदायले आणविक केन्द्रमा हालै गरिएको ड्रोन आक्रमणको जवाफ युक्रेनले दिनुपर्ने बताएका छन् । जापोरिझ्झिया आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा उत्पादन केन्द्र हो र यसमा छ गिगावाट कुल क्षमता भएको छ वटा इन्धन एकाइहरू समावेश गरिएको छ ।

  • २७ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !