नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

आजभोलि

काठमाण्डौ । नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा भएको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ ।

नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । मार्क देयाल, जोसुवा बिसप र कदिम अलायनले मात्र सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ ।

कप्तान रोस्टन चेजले वेस्ट इन्डिजका लागि ४९ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । ३२ वर्षीय चेजले अन्तिम पटक गत अक्टोबरमा वेस्ट इन्डिजबाट खेलेका थिए ।

अलराउन्डरको भूमिका रहेका उनले टेस्ट क्रिकेटमा ५ शतक र ११ अर्धशतक तथा ८५ विकेट लिएका छन्। एकदिवसीयमा उनले ४ अर्धशतक र २७ विकेट हात पारेका छन्। टी-२० अन्तर्राष्ट्रियमा ९ विकेट लिएका छन् ।

३६ वर्षीय आन्द्रे फ्लेचरले २५ एकदिवसीय अन्तर्राष्ट्रिय र ५४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले अन्तिम पटक सन् २०२१ मा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दा उनी टोलीमा थिए ।

३५ वर्षीय जोनसन चार्ल्सले अन्तिम पटक गत डिसेम्बरमा वेस्ट इन्डिजका लागि खेलेका थिए । उनले हालसम्म ५८ एकदिवसीय अन्तर्राष्ट्रिय र ४८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र ७ अर्धशतक तथा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकप जित्दा दुवै पटक उनी टोलीमा थिए। २७ वर्षीय केसी कार्टीले वेस्ट इन्डिजका लागि अन्तिम पटक एक वर्षअघि खेलेका थिए। उनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्न पाएका छन् । त्यसमा २२ खेलमा ३ अर्धशतक बनाएका छन् । २८ वर्षीय फाबियन आलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ३४ टी-२० खेलेका छन्। उनी २ वर्षयता राष्ट्रिय टोलीमा छैनन् ।

उनी बलिङ अलराउन्डरका रूपमा चिनिन्छन्। २१ वर्षीय म्याथ्यु फोर्डले वेस्ट इन्डिजका लागि एक एकवटा टी-२० र एकदिवसीय खेलेका छन् । उनले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी बलर हुन् । २९ वर्षीय गुडाकेस मोटियले अन्तिम पटक गत डिसेम्बरमा राष्ट्रिय टोलीबाट खेलेका थिए। बलरको भूमिकामा रहेका उनले ५ टेस्ट, १३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

अर्का बलर ओबेड म्याकोयले वेस्ट इन्डिजका लागि २ एकदिवसीय अन्तर्राष्ट्रिय र ३१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले करिब एक वर्षअघि अन्तिम पटक राष्ट्रिय टोलीका लागि खेलेका थिए । २७ वर्षीय बलर ओसेन थोमसले गत फेब्रुअरीमा मात्र राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले हालसम्म २५ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

३१ वर्षीय बलर हेडेन वाल्स जुनियरले झन्डै २ वर्षयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् । तर उनले वेस्ट इन्डिजबाट २३ एकदिवसीय र ३८ टी-२० खेल खेलेका छन् । २६ वर्षीय अलराउन्डर किमो पल पनि टोलीमा छन् । उनले राष्ट्रिय टोलीबाट ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलेका छन्। अन्तिम पटक करिब एक वर्षअघि उनले वेस्ट इन्डिजबाट खेलेका थिए।

वेस्ट इन्डिज एसँगको यो शृङ्खला नेपालका लागि विश्वकपको गतिलो तयारी हुने छ ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !