फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु

आजभोलि

काठमाडौं । फोर एच नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा यस संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गर्ने भएको छ । संस्थाका अध्यक्ष लोकराज अवस्थीका अनुसार नेपाल मन्थन अभियान यो बर्षभरी संचालन गरिने र यो अभयिान दश हजार भन्दाबढी युवासम्म पुग्ने जानकारी दिएका छन् ।

अभियानको शुभारम्भ समारोहमा योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेल, कोशी प्रदेशका पूर्व उपाध्यक्ष एव बरिस्ठ अधिकारकर्मी सुबोध राज प्याकुरेल, कृषि बैज्ञानिक डा.देबेन्द्र गौचन, अर्थविज्ञ अनिलकाजी बस्नेत र सञ्चारविज्ञ शिव लम्साल लगायतकाले नेपाल मन्थनको औत्यिताको बारेमा धारणा व्यक्त गरेका थिए ।

नेपाल मन्थन कार्यक्रम जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायत क्षेत्रमा अभियान संचालन गरिने संस्थाका अध्यक्ष अवस्थीले जानकारी दिए । अभियानले युवा, महिला, पछिपारिएका समुदाय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा दलित समुदायलाई लक्षित गरिने समेत जनाएका छन् ।

नेपाल मन्थन अभियना अन्तरगत यही असार पहिलो साता राष्ट्रिय युवा–विद्यार्थी कृषि सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा आयोजना गरिने संस्थाकी कार्यसमिति सदस्य मुना काप्रीले जानकारी दिए । कार्यक्रममा देशभरीका सबै विश्वविद्यालयहरुबाट लगभग २ सय युवा विद्यार्थीको सहभागिता रहने छ । यो कार्यक्रम २ दिनसम्म संचालन र युवा, कृषि, जलवायु परिवर्तन तथा नीति निर्माणमा युवाको सहभागिता लगायतका विषयमा मन्थन गरिने काप्रीले जानकारी दिए ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !