आम्दानीको स्रोत बन्दै बगरखेती

आजभोलि

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रा देखिन्छन् । महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका यी छाप्रा यहाँका किसानको जीविकोपार्जनको स्रोत बनेको छ ।
राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुको यहाँ खरबुजा काँक्रा, लौकालगायत तरकारी किन्न घुइँचो लाग्ने गर्दछ । यहाँका विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

पुस/माघमा बगरमा रोपिएको तरकारी तयार भएपछि बेच्नका लागि हरेक वर्ष यसैगरी राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए । “बगरखेतीबाट प्रशस्त आम्दानी भइरहेको छ । लागत कटाएर रु दुई लाखसम्म बचत हुन्छ”, उनले भने, “दुई बिघा पाँच कठ्ठा जग्गामा खेती गरेको थिएँ ।” उहाँले बगरखेती सकिएपछि रोजगारीका लागि भारत जाने गरेको बताए ।

“सिजनमा राम्रो कमाइ हुने भएकाले यहाँ आउँछु अन्य बेला भारतमा रोजगारी गर्छु”, चौधरीले भने, “ग्राकहको पनि समस्या हुँदैन राजमार्गमा ओहोरदोहोर गर्नेहरुले किन्ने गरेका छन् ।”

कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर जोड्ने वनहरा पुल छेउमा झण्डै एकसय परिवार मुक्तकमैयाको बसोबास छ । कमैया मुक्तिको घोषणापछि पुनःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको थियो । खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले यहाँका स्थानीयलाई साँझबिहानको छाक टार्न निकै सकस हुने गर्दछ । परिवारको जोहो गर्नकै लागि बगरमा तरकारी खेती गर्नुपरेको मानमति रानाले बताए ।

“कमाइखान जग्गा छैन बगर खेतीकै भर पर्नुपर्छ”, रानाले भने, “बगरखेतीबाट सिजनमा रु दुई लाखसम्म कमाइ हुन्छ, यसले छ महिना मात्रै खान पुग्छ ।” उनले बाँकी समयमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेको बताए ।

खुसीरामा चौधरीले अन्य समयमा मजदुरीको काम गर्ने गरेको बताए । अहिले उनि बगरखेतीको उत्पादन बिक्रीमा व्यस्त छन् । “राजमार्ग छेउमा तरबुजा, लौका, काँक्रा, फर्सी, घिरौँलालगायत तरकारी बिक्री गर्ने गरेको छु”, उनले भने, “दिनमा रु चार-पाँच हजारको बिक्री हुन्छ ।”

पहिले भारतीय नागरिक आएर बगर तथा खाली जमिनमा तरबुजा, काँक्रा, लौका, फर्सीलगायतका खेती गर्दथे । अहिले कञ्चनपुरमा त्यसरी तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम हुँदै गएका छन् । यसले एकातिर भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको छ भने अर्कातिर नेपाली युवाहरुले रोजगारी पाएका छन् ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !